ad ad

राजनीति


कांग्रेसले विधेयकबारे सांसदलाई विषयविज्ञबाट परामर्श दिने

कांग्रेसले विधेयकबारे सांसदलाई विषयविज्ञबाट परामर्श दिने

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १५:४६, काठमाडौँ

नेपाली कांग्रेसले संसदमा प्रस्तुत हुने विशेष विधेयकहरुमा छलफल गर्नुअघि आफ्ना सांसदहरुलाई विषयविज्ञ बोलाएर जानकारी गराउने भएको छ।

शुक्रवार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा विशेष विधेयकका बारेमा संसदमा बोल्नका लागि सांसदहरुलाई तयारीस्वरुप विषयविज्ञहरु बोलाएर विधेयकबारे जनकारी गराउने भएको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद उदयसमशेर राणाले संसदमा पेस हुने कतिपय विधेयकहरु प्राविधिक विषयका हुने र त्यसबारेमा सांसदहरु अनविज्ञ हुने भएकाले सांसदमा बोल्नुअघि विषयका बारेमा जानकारी गराउने उद्देश्यले सो व्यवस्था गरिएको बताए।

उनले भने, ‘कतिपय प्राविधिक विधेयकहरु संसदमा पेस हुन्छन्, त्यसमा सांसदहरुले पढेर मात्रै सबैकुरा बुझ्न गाह्रो हुन्छ की, त्यो विषयमा अध्ययन गरेको मानिस हुनुपर्छ, नत्र चाहेर पनि बुझ्न गाह्रो हुने भएको कारणले र सांसदहरुले बोल्दा पनि प्रभावकारी बनाउनको लागि प्रमुख सचेतक रमेश लेखकले महत्वपूर्ण विधेयकहरुमा कानूनविद्हरु ल्याएर त्यसको बारेमा बुझाएर र संसदमा बोल्न र तयारी गर्नका लागि व्यवस्था गरिदिनुभएको छ। यसले हाम्रो पार्टीका सांसदहरुको संसदमा प्रश्तुती प्रभावकारी हुनेछ।’

त्यस्तै नेपाली कांग्रेसबाट राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले नेपाली कांग्रेस संसदीय दलले विशेष प्रकारका विधेयकहरुमा सबै सांसदहरुलाई राखेर छलफल गर्ने कुरा प्रारम्भ गरेको बताए। उनले बैठकमा सम्पती शुद्धिकरणको विधेयकका बारेमा पनि छलफल भएको बताए। 

नेपाली कांग्रेसले शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय कार्यालयमा पार्टीका संसदहरुलाई बोलाएर संसदमा प्रस्तुत विधेयकबारे अन्तरक्रियात्मक कार्यक्रम गरेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .