राजनीति


बालुवाटार बैठकमा आठ दल, लोसपा, जनमत र नागरिक उन्मुक्ति पनि मिसिए

बालुवाटार बैठकमा आठ दल, लोसपा, जनमत र नागरिक उन्मुक्ति पनि मिसिए

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १८:५७, काठमाडौँ

राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहित ८ दल छलफलमा जुटेका छन्। 

अहिले केहीबेरअघिदेखि जारी वार्तामा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष सहितका नेताहरु सहभागी छन्।

बालुवाटार बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा भने सहभागी भएको छैन। 

राष्ट्रपतिका विषयमा साझा सहमति जुटाउन ८ दल एकै ठाउँ भेला भएका छन्।

यसअघि शुक्रबार बिहान तीन घण्टा बसेको बैठक बेलुकी ५ बजे फेरि बस्ने गरी स्थगित भएको थियो। 

यसअघि नै बैठकमा माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी छन्। 

यस्तै जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदुराम भुसाल, नेता धनश्याम भुसाललगायतका नेताहरु बैठकमा सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .