ad ad

राजनीति


उपराष्ट्रपति यादवले जसपाबाट दिएको राजीनामा स्वीकृत

उपराष्ट्रपति यादवले जसपाबाट दिएको राजीनामा स्वीकृत

नेपालखबर
चैत ६, २०७९ सोमबार १८:८, काठमाडौँ

नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बाहिरिएका छन्। 

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता तथा कार्यकारिणी समिति सदस्य यादव उपराष्ट्रपति पदमा निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन्। यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको जसपाले विज्ञप्तिमार्फत जनाएको छ। 

नवनियुक्त उपराष्ट्रपति यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ खाए। शपथलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लौनचौर पुगेर पदबहाली गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .