राजनीति


चितवन-२ मा जनमोर्चाका शर्माको उम्मेदवारी दर्ता

चितवन-२ मा जनमोर्चाका शर्माको उम्मेदवारी दर्ता

नेपालखबर
चैत २०, २०७९ सोमबार १४:४७, काठमाडौँ

वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले चितवन क्षेत्र नं २ मा उपाध्यक्ष जनकराज शर्मालाई अघि सारेको छ। शर्माले सोमबार मुख्य निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने, नेपाली कांग्रेसले जितनारायण श्रेष्ठ, नेकपा (एमाले) ले रामप्रकाश न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई अघि सारेको छ ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। 

उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा  १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन्। उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन्। 

जनमोर्चाले बारा र तनहुँमा भने उम्मेदवारी नदिने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad