जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) का प्राध्यापक आनन्दकुमारले समाजवादी नेता बीपी कोइरालाले जीवनभर सामान्तवादविरुद्ध लडेको बताएका छन्।
आइतबारदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपामा सुरु भएको ‘बीपी साहित्य सम्मेलन –२०८०’को दोश्रो दिन मार्क्स, गान्धी एण्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण दिँदै उनले बीपीले पूँजीवादविरुद्ध डण्डी चलाएको बताए।
उनले पूँजीवाद असफल भएपछि सामान्तवाद बच्न सकेको भन्दै कम्युनिष्टहरुले पुँजीवादमा पार्टी सञ्चालन गरिरहेको बताए।
‘लोकतान्त्रिक समाजवादमा मात्र समानता मिल्न सक्छ। जसले गर्दा भारतमा भन्दा नेपालमा एक स्टेप अघि रहेको छ’, आनन्दकुमारले भने।
जातिविहीन समाज समाजवादमा मात्रै सम्भव हुने बताउँदै उनले त्यसको उदाहरणका नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको आश्रममा देखेको उल्लेख गरे।
उनले प्रदीप गिरिले आफ्नो घरमा भान्सेका रुपमा दलित समुदायको व्यक्ति राखेर उदाहरण देखाएको बताए।
उनले राजनीतिमा द्रूत एक्सन र धैर्यता दुवै बीपीमा रहेको पनि बताए। कार्यक्रममा शंकर तिवारीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।
Shares
प्रतिक्रिया