ad ad

राजनीति


भारतसँग लिपुलेक, लिम्पियाधुराको कुरा राख्न नसक्नु देशप्रतिको बेइमानी : ओली

भारतसँग लिपुलेक, लिम्पियाधुराको कुरा राख्न नसक्नु देशप्रतिको बेइमानी : ओली

फाइल फोटो


नेपालखबर
मंसिर २३, २०८० शनिबार १९:२७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरका भ्रमणका क्रममा अतिक्रमित भूमीबारे भारतसँग कुरा गर्न नसक्नु देशप्रतिको बेइमानी भएको बताएका छन्।

शनिवार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही महिनाअघि गरेको भारत भ्रमणका क्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा नराखेर देशप्रति बेइमानी गरेको ओलीले बताए।

उनले सरकारले सार्वभौम सत्ता, स्वाधिनताको र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्ने बताए।

‘हाम्रो सार्वभौम सत्ता, स्वाधिनताको, स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्छ’ उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न, हाम्रा उच्चस्तरका वार्तामा समावेश हुन सक्दैन भने त्यो भन्दा देशप्रतिको बेइमानी के हुन्छ?’

कार्यक्रममा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताए।

उनले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भनेपनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताए।

ओलीले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउनसक्ने भन्दै सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए।

उनले भने, ‘विमानस्थल कसैले चलाउन पाउँदैनौ भनेर भित्र भनेको होला, बाहिर त भन्न सक्दैन नि। त्यसकारण एयरपोर्ट त चल्नुपर्छ नि। चीनलाई मात्रै टुरिस्ट लिएर आउ भन्यो भने ५, १० लाख पयर्टक त चीनले ल्याउँछ, पोखरा एयरपोर्टमा, आफ्नै प्लेनबाट। लुम्बिनी चलाउनुपर्यो नि। बुद्धिष्टहरुको ओहिरो लाग्छ। एयरपोर्ट बनेको छ, आफ्नै जमिनमा बनेको हो, आफ्नै जमिनबाट उडाउने र ल्याण्ड गर्ने हो। के समस्या छ? तर सरकार यस्तो छ, पोखरामा पनि एयरपोर्ट उद्घाटन भएछ होइन, भनेपछि अँ बनाइहाले भन्ने तरिका छ। उद्घाटन भयो, अब चलाइन्छ भन्नु परेन।’

अध्यक्ष ओलीले विकासमा कुनैपनि नेपाली भूभाग पछि पर्नु नहुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .