ad ad

राजनीति


मुख्यमन्त्री पौडेल चीनको लाम्झाउ प्रस्थान

मुख्यमन्त्री पौडेल चीनको लाम्झाउ प्रस्थान

नेपालखबर
असार १७, २०७६ मंगलबार ८:४६,

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको छ।

चीनको लाम्झाउ शहरमा यही असार १९ देखि २३ गतेसम्म आयोजना हुने ‘पच्चीसौँ चाइना लाम्झाउ इन्भेष्टमेन्ट ट्रेड फेयर’को उद्घाटन समारोहमा उनी सहभागी हुुने मुख्यमन्त्री तथा मन्त्रिपरिष्द्को कार्यालयले जनाएको छ।

मुख्यमन्त्री पौडेलका साथमा उनकी धर्मपत्नी विजया पौडेल, प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घले, सत्तारुढ नेकपाका जुनेली श्रेष्ठ, कञ्चन खनाल एवं मुख्यमन्त्री कार्यालयका उच्च अधिकृतसहित सात पदाधिकारी सो प्रतिनिधिमण्डलमा सहभागी रहेको उक्त कार्यालयका लेखा प्रमुख देवीप्रसाद गौतमले राससलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .