राजनीति


संसद्‌का संयुक्त समिति सभापतिका लागि न्यौपाने र गैरेको उम्मेदवारी

संसद्‌का संयुक्त समिति सभापतिका लागि न्यौपाने र गैरेको उम्मेदवारी

नेपालखबर
साउन ३०, २०८१ बुधबार १७:५६, काठमाडौँ

संसद्‌का दुईवटा संयुक्त समितिका लागि दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ। 

संसदीय सुनुवाइ समिति सभापतिका लागि नेपाली कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेको उम्मेदवारी परेको छ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिका लागि नेकपा एमालेका सांसद ठाकुर गैरेको उम्मेदवारी परेको संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए। 

न्यौपानेको प्रस्तावकमा कांग्रेस सांसद श्याम घिमिरे तथा समर्थकमा एमालेकी सुनिता बराल रहेका छन्। त्यस्तै, गैरेको प्रस्तावकमा एमाले सांसद सरस्वती सुब्बा तथा समर्थकमा कांग्रेसका दिलेन्द्रप्रसाद बडु रहेका छन्। 

सभापति चयनका लागि समितिको कुनै सदस्यलाई समितिको सभापति निर्वाचित गरियोस् भन्ने प्रस्ताव कुनै अर्को एक सदस्यको समर्थनसहित प्रस्तावक सदस्यले दर्ता गर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुरुप एमाले सांसद बरालको समर्थनमा कांग्रेसका घिमिरे तथा कांग्रेसका सांसद बडुको समर्थनमा एमाले सांसद सुब्बाले प्रस्ताव गर्दा गराएका हुन्।  

प्रतिनिधि सभा गठन भएको १९ महिनापछि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको प्रतिनिधित्व हुने यी दुई संयुक्त समितिको सभापति चयन हुन लागेको हो। 

संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच दुई समितिको नेतृत्व भागबन्डा गर्ने सहमति बनेको थियो। दुई उम्मेदवार बोहक अन्यको उम्मेदवारी नपरेको भए पनि सभापतिको घोषणा भने भोलि दिउँसो ३ बजे हुनेछ।

सभापतिहरूको भोली नै ४ बजे सपथग्रहण कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad