राजनीति


एकीकृत समाजवादीको कार्ययोजना : संगठन निर्माण र आन्दोलन सँगसँगै

एकीकृत समाजवादीको कार्ययोजना : संगठन निर्माण र आन्दोलन सँगसँगै

फाइल फोटो


नेपालखबर
पुस १, २०८१ सोमबार २१:४५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले शक्ति आर्जन गर्न संगठन निर्माणलाई तीव्रता दिने भएको छ।

शुक्रबारदेखि जारी स्थायी कमिटीको बैठकले सो निर्णय गरेको नेता गरिमा शाहले जानकारी दिइन्।

‘वाम एकताको विरोधी छैनौँ, तर, अहिले हाम्रो मूल ध्येय भनेको संगठन र आन्दोलनका माध्यमबाट शक्ति आर्जन गर्ने भन्ने हो,’ शाहले नेपालखबरसँग भनिन्।

महासचिव घनश्याम भूसालले पेश गरेको वार्षिक कार्ययोजना पनि सुझावसहित पारित भएको छ।

भूसालको कार्ययोजनामा चारमहिनाभित्र काठमाडौंमा शानदार जनप्रदर्शन गर्ने, जसमा २० हजार युवा, १५ हजार विद्यार्थी, पाँच हजार महिला, तीन हजार किसान, २ हजार मजदूर, १ हजार उद्योगी उतार्ने योजना समेटिएको छ।

यस्तै, बैठकले जनवर्गीय संगठनको व्यवस्थापन गर्न प्रदेश अध्यक्षलाई पोलिटव्युरो सरहको मान्यता दिने निर्णय पनि भएको उनले बताइन्।

‘उहाँहरु पोलिटब्युरो बैठकमा आमन्त्रित सदस्य रहनुहुनेछ,’ शाहले थपिन्।

स्थायी कमिटीका नेताहरूको कार्यविभाजन मंगलबार प्रस्तुत हुने उनको भनाई छ।

सोमबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले धारणा राखेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad