राजनीति


एमालेले जनवर्गीय संगठन पदाधिकारीको संख्या ९ बनाउने, मुख्यमन्त्री र मन्त्रीको भेला बोलाउने

एमालेले जनवर्गीय संगठन पदाधिकारीको संख्या ९ बनाउने, मुख्यमन्त्री र मन्त्रीको भेला बोलाउने

नेपालखबर
फागुन १८, २०८१ आइतबार १९:४, काठमाडौँ

नेकपा एमालेले जन वर्गीय संगठनको केन्द्रीय पदाधिकारीको संख्यालाई घटाएर ९ जनामा सिमित गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले जन वर्गीय संगठनको केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ मा सिमित गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव एक जना, उपमहासचिव १ जना र सचिवहरूलाई जिम्मेवारी दिनेगरी (प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्ने) ९ जना पदाधिकारी रहने बताए। 

जनसंगठनहरू केन्द्रीय कमिटी र केन्द्रीय सचिवालय मात्रै रहने निर्णय पनि बैठकले गरेको छ। स्थानीय विकास विभागको सचिवमा नवराज गेलाल र प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरिएको महासचिव पोखरेलले बताए।

नीति कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरू पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षसमेतको सहभागितामा राष्ट्रिय भेला गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रदेशका हकमा नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न प्रदेशमा रहेका मुख्यमन्त्री, मन्त्रीहरू र दलका नेताहरू र प्रमुख सचेतक, प्रदेश इन्चार्जसहितका प्रदेशका पदाधिकारीहरू रहेको संयुक्त भेला आयोजना गर्ने निर्णय गरेको छ।   

हेर्नुहोस् एमाले सचिवालयका निर्णयहरू:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad