राजनीति


सम्बन्धित पक्षसँग छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ : एमाले

सम्बन्धित पक्षसँग छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ : एमाले

नेपालखबर
फागुन १८, २०८१ आइतबार १९:३१, काठमाडौँ

नेकपा (एमाले) ले पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न छलफल थाल्नुपर्ने निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले पाथीभरामा केबलकार निर्माणका सन्दर्भमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहहरूसँग छलफल गरेर समस्या समाधान गर्नुपर्ने निर्णय गरेको हो।

‘ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरामा केबलकार निर्माणका सन्दर्भमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहहरूसँग छलफल गरी समस्यालाई समाधान गर्ने र केबलकार निर्माणको प्रक्रिया अगाडि बढाउनका लागि सहज वातावरण तयार पार्न सरोकारवालासँग छलफल गरेर अगाडि बढ्ने कुरामा पार्टीले चासो राखेको छ। त्यही कुरालाई सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ,’ बैठकपछि महासचिव शंकर पोखरेलले भने।

पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै ‘नो केबलकार समूह’ आन्दोलित भएको छ।

मुकुम्लुङको सांस्कृतिक पक्षमा अतिक्रमण गर्न नहुने भन्दै नो केबलकार समूह आन्दोलित भएर प्रहरीसँग पटक-पटक झडपको अवस्था सिर्जना भएपछि निर्माणकार्य अवरूद्ध छ।

आन्दोलनरत समूहलाई सरकारले वार्तामा पनि बोलाएको छ। त्यसो त नो केबलकार समूहसँग सरकारी वार्ता टोलीले पटक-पटक संवाद गरे पनि निष्कर्ष निस्कन सकेको थिएन।

एमाले सचिवालय बैठकले पुनः छलफल गरेर समस्या समाधान गर्न ध्यानाकर्षण गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad