राजनीति


प्रचण्डलाई ओलीको प्रश्न : शान्ति प्रक्रियासँग एउटा कर्मचारीको साइनो के हो?

प्रचण्डलाई ओलीको प्रश्न : शान्ति प्रक्रियासँग एउटा कर्मचारीको साइनो के हो?

नेपालखबर
चैत १४, २०८१ बिहिबार १२:१७, काठमाडौँ

प्रधानमन्त्री केपी शार्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'लाई एउटा कर्मचारीको विषयमा नअड्किन आग्रह गरेका छन्। नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा ओलीले  शान्ति प्रक्रियासँग एउटा कर्मचारीको साइनो नहुने बताए।

'शान्ति प्रक्रिया अघि बढाउने आयोग गठनका लागि सर्च कमिटी बनाएकै दिन हटाइदिइएको भनेर टिप्पणी गरेको सुनेँ। शान्ति प्रक्रियासँग एउटा कर्मचारीको साइनो के हो? यो कहाँबाट जोडियो। खेतमा पानी लगाएको कुरा र पानी बाख्रो किनेको कुरा कहाँबाट जोडियो?' ओलीले भने,'म प्रमुख प्रतिपक्षलाई ननइस्यूमा नअल्झन, ननइस्यूलाई इस्यू नबनाउन र देशका मूल समस्या सम्बोधनको सवाल उठाउन आग्रह गर्छु।'

ओलीले शान्ति प्रक्रिया प्रधानमन्त्री वा सरकारले मात्र गरेर नहुने भएकाले सहकार्यका लागि आह्वान गरे। एउटा कर्मचारी राख्ने वा हटाउने विषय संसद्‌मा हंगामा गर्ने विषय नभएको र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विषय पनि नभएको ओलीको भनाइ छ।

'देशमा मूल विषयहरूमा सहकार्य गरौँ। शान्ति प्रक्रियाजस्ता विषयमा सरकार वा प्रधानमन्त्रीले मात्र गरेर नहुने रहेछन्। त्यसमा प्रमुख प्रतिपक्षले सहकार्य गरोस्,' ओलीले भने, 'यो सरकार अधिनायक होइन, लोकतान्त्रिक हो। आलोचना सहन तयार छौँ, तर समाज नभाडौँ।'

२५० वर्षपछि घर फर्किएका राजाको विषयमा नअल्झिन पनि उनले आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad