राजनीति


दलहरूबीच जुटेन सहमति, प्रतिनिधिसभा बैठक २ बजे बस्ने

दलहरूबीच जुटेन सहमति, प्रतिनिधिसभा बैठक २ बजे बस्ने

नेपालखबर
चैत १४, २०८१ बिहिबार १३:९, काठमाडौँ

प्रतिनिधिसभा बैठक दिउँसो २ बजे मात्रै बस्ने भएको छ।  

यसअघि बिहान ११ बजे डाकिए पनि बैठक सञ्चालनका विषयमा दलहरूबीच सहमति बन्न नसकेपछि २ बजे सारिएको हो।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेपछि बैठक समयमा सुरु हुन नसकेको हो। संसद् सचिवालयले बैठक २ बजे बस्ने गरी तय भएको सूचना सार्वजनिक गरेको छ।  

सभामुखले सभा सञ्चालनका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् तर सहमति जुटेको छैन। 

विपक्षीले चार महिना मात्रै कार्यकाल बाँकी रहेका घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारदेखि नै सदन अवरुद्ध पार्दै आएका छन्। बुधबार पनि विपक्षीको अवरोधका कारण संसद्‌ बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो। 

सोमबार सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। घिसिङले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिटको पेसी भोलि शुक्रबारलाई तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad