राजनीति


वामपन्थी दलसँग सहकार्य र पार्टी एकता प्राथमिकतामाः नेपाल

वामपन्थी दलसँग सहकार्य र पार्टी एकता प्राथमिकतामाः नेपाल

फाइल फोटो


नेपालखबर
असार १६, २०८२ सोमबार २१:३१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभ्य समाज निर्माणका लागि मुलुकमा विद्यमान सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य गर्नुपर्ने बताएका छन्।

पार्टी निकट आदिवासी जनजाति महासंघद्वारा केन्द्रीय कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले सबै जाति समुदायको संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले जनताको लामो समयदेखिको सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै समुदायका संविधानप्रदत्त अधिकार संरक्षण गरी आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिने बताए।

सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणका निम्ति वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिँदै श्रमजीवी वर्गको अधिकार, जनसहभागिता, सामाजिक न्याय, समान अवसर प्रदान गर्ने अध्यक्ष नेपालले विश्वास व्यक्त गरे। देशमा उत्पन्न राजनीतिक तथा आर्थिक सङ्कट समाधानका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उनले कम्युनिष्ट आदर्श तथा मूल्य मान्यतालाई अवलम्बन गर्ने दल तथा वामपन्थी शक्तिसँग आफ्नो पार्टीले सहकार्य तथा एकता गर्ने विषय प्राथमिकतामा राखेको उल्लेख गरे।

मुलुकमा विभिन्न समयमा कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनले सामाजिक न्याय तथा आर्थिक रुपान्तरण हुन नसकेको जिकिर गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरूले विगतका कमजोरीलाई सच्याएर देश विकास तथा जनताका अधिकार संरक्षणका लागि लाग्नुपर्नेमा जोड दिए। 

एकीकृत समाजवादीले मूलधारको कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गरेको विचार व्यक्त गर्दै उनले सिद्धान्त, नीति तथा कार्यक्रमका आधारमा वामपन्थी शक्ति एकताबद्ध गर्न आफूहरुले देशभर राजनीतिक अभियान सुरु गरेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad