राजनीति


सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र कुशासनको नमुना प्रदर्शन गर्‍यो : ज्वाला

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र कुशासनको नमुना प्रदर्शन गर्‍यो : ज्वाला

नेपालखबर
असार ३१, २०८२ मंगलबार १४:१९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारले एक वर्षे कार्यकालमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो नमूना प्रदर्शन गरेको आरोप लगाएका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै आपत्ति समेत जनाए।

ज्वालाले भने,‘प्रधानमन्त्री, मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक नगरेर कुशासनको नांगो नमुना प्रदर्शन, मन्त्रीहरु भ्रष्टाचार, घुसखोरी र विवादमा मुछिएको विश्व रेकर्ड, भिजिट भिसामार्फत मानव तस्करीमा नेपाल दुनियामा बदनाम, भ्रष्टाचारको डिग्री उकालो, घुसखोरी व्याप्त, सम्पत्ति शुद्धीकरणमा ग्रे लिष्टबाट ब्ल्याक लिस्टतर्फ यात्रा, मल अभावमा किसान समस्यामा, उखु किसानको अनुदान कटौति, दैनिक उपभोग्य सामानमा मूल्यवृद्धि, बजेटमा एकलौटी र व्रम्हलुट, सेटिङमा योजना किनबेच, जनविरोधी अध्यादेशबाट साशन, शिक्षा विधेयक समितिमा वन्धक, कुलिङ परियडमा चलखेल, सहकारी र मीटरब्याज पीडित अन्यायमा।’ 
   
उनले सहकारी पीडित र मिटरब्याज पीडितले न्याय नपाएको समेत उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad