राजनीति


उपनिर्वाचनका उम्मेदवार छनोट गर्न रास्वपाले माग्यो दरखास्त

उपनिर्वाचनका उम्मेदवार छनोट गर्न रास्वपाले माग्यो दरखास्त

नेपालखबर
साउन ५, २०८२ सोमबार १८:३३, काठमाडौँ

रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेदेखि अघि बढाउने भएको छ। रास्वपाले एक विज्ञप्ति जारी गरेर उम्मेदवार हुन इच्छुक व्यक्तिले पार्टीले तोकेको मापदण्ड र निर्वाचन आयोगको कानुनी योग्यता पूरा गरेका व्यक्तिले दरखास्त दिन सक्ने जनाएको छ। 

साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त दिन सकिने रास्वपाको भनाइ छ। रास्वपाको एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सकिनेछ।   

रास्वपाले साउन २२ गते निवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्समिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन गर्ने र भदौ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची बनाएको छ।  

यस्तै उपनिर्वाचन सम्बन्धी थप जानकारी आवश्यक भएमा पार्टीको केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला समितिसँग सम्पर्क तथा समन्वय गर्न अनुरोध गरेको छ। निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad