राजनीति


रवि लामिछानेको शरीरमा भिटामिन डीको कमी देखियो

‘केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक’
रवि लामिछानेको शरीरमा भिटामिन डीको कमी देखियो

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १३:५२, काठमाडौँ

सहकारी ठगी मुद्दामा ललितपुरस्थित नक्खु कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शरीरमा भिटामिन डीको कमी देखिएको छ। 

रास्वपाका प्रवक्ता मनीष झाले मंगलबार दिएको जानकारीअनुसार रगत परीक्षणको रिपोर्टबाट सभापति लामिछानेमा भिटामिन डी कम रहेको पत्ता लागेको हो। 

‘डा. जितेन्द्रप्रसाद यादवजीले दिनुभएको जानकारीअनुसार उहाँको शरीरमा भिटामिन डीको कमी देखिएको छ’, उनले भने, ‘रुपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको, धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ।’

केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक देखिएकाले डाक्टर यादव लामिछानेलाई भेट्न नक्खु कारागार पुगेको प्रवक्ता झाले जानकारी दिए। 

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शनिबार मात्रै रुपन्देही कारागारबाट नक्खु कारागारमा सारिएको हो।

लामिछाने अस्वस्थ भएपछि परीक्षणका लागि उनको रगत सोमबार दिउँसो वीर अस्पताल पठाइएको थियो।

उनको स्वास्थ्य परीक्षण र रगत संकलका लागि वीर अस्पतालबाट चिकित्सकको टोली कारागार पुगेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad