राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संघीय निजामती सेवा विधेयक पारित गरेको छ।
समितिको मंगलबार बसेको बैठकले संघिय निजामती सेवा विधेयक २०८० को मस्यौदा प्रतिवेदनमाथी छलफल गरेर विधेयक पारित गरेको हो।
बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले विद्येयक पारित भएको घोषणा गरेकी थिइन्।
सभापति दाहालले विधेयकलाई समितिअन्तर्गत रहेको उपसमितिले अन्तिम रूप दिएपछि मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा पेस गर्ने जानकारी दिइन्।
99
Shares

प्रतिक्रिया