राजनीति


गोकुल बाँस्कोटाको एमाले नेतृत्वलक्षित टिप्पणी: जेन-जी र अल्फा आइसक्यो, यहाँ बेबी बुमर्स पुस्ताले थर्काउँदै छ

गोकुल बाँस्कोटाको एमाले नेतृत्वलक्षित टिप्पणी: जेन-जी र अल्फा आइसक्यो, यहाँ बेबी बुमर्स पुस्ताले थर्काउँदै छ

नेपालखबर
भदौ २२, २०८२ आइतबार ९:४९, काठमाडौँ

ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा बहस चलिरहेका बेला पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अर्थपूर्ण टिप्पणी गरेका छन्। 

गोदावरीको सनराइज हलमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रसंगसँगै ७० वर्षे उमेर हदका विषयमा फरक मत राख्ने नेताहरू पनि छन्। तर तिनलाई अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा आफ्नो फरक मत प्रस्तुत गर्न दिएनन्।

यसैबीच पूर्वमन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाले भने ‘जेन-जी’ र ‘अल्फा’ पुस्ता आइसक्दा पनि ‘बेबी बुमर्स’ पुस्ताले नै थर्काइरहेको भनी कटाक्ष गरेका हुन्। 

उनले आइतबार बिहान एक्समा लेखेका छन्, ‘जेन-जी र अल्फा पुस्ता आइसक्यो तर यहाँ बेबी बुमर्स पुस्ताले थर्काउँदै छ। हाहुमा हैन, क्षितिज पारिसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन। मौसम त दुई महिनामा हल्का रङ फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो? हरेक दशकले त्यो चटक भोग्दै त आएको छ।’

सामाजिक अध्येता एवं जनसांख्यिक विश्लेषकका अनुसार सन् १९९७ देखि २०१२ सम्म जन्मिएकाहरू ‘जेन–जी’ पुस्ताभित्र पर्छन् भने सन् २०१० पछि जन्मेकाहरूलाई ‘अल्फा’ नाम दिइएको छ। 

अनि सन् ६० को दशकमा जन्मिएको पुस्तालाई ‘बेबी बुमर्स’ भनिन्छ। जुन बेला जन्मिएकाहरू वृद्ध भइसके, ७० वर्ष पुगिसके।

त्यसो त सरकारले अहिले दर्ता नभएको भन्दै बिहीबारदेखि फेसबुक, एक्सलगायत २६ सामाजिक सञ्जाल बन्द गराएको छ भने यसको विरोधमा जेनजी पुस्ताले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन पनि गर्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad