काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म जारी जेनजीको प्रदर्शनमा विद्यालयका विद्यार्थीहरूको संख्या बाक्लिँदो छ।
सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरू विद्यालयकै ड्रेसमा प्रदर्शन गर्न आइपुगेका हुन्। उनीहरूले सरकारविरुद्ध नारा लगाइरहेका छन्।
देशमा भ्रष्टाचार बढेको, नातावाद मौलाएको, सरकारले नागरिकको बोली थुन्न सामाजिक सञ्जालमाथि प्रतिबन्ध गरेको भन्दै जेनजीहरू सडकमा छन्।
काठमाडौँको प्रदर्शन तनावग्रस्त बनेको छ। उनीहरू बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि प्रहरीले हवाई फायर गरेको छ। त्यत्तिकै पानीको फोहोरा पनि हानिरहेको छ। प्रदर्शनकारीको संख्या भने बढिरहेको छ।
सामाजिक सञ्जाल टिकटकलगायतबाट योजना बनाएर जेनजीहरू सडकमा ओर्लिएका हुन्। आज काठमाडौँसहित देशका विभिन्न सहरमा जेनजीको प्रदर्शन जारी छ।

276
Shares

प्रतिक्रिया