राजनीति


कांग्रेस बैठकमा विमलेन्द्र निधिको प्रस्ताव: ओली सरकार छाड्ने, सर्वदलीय सरकार बनाउने

कांग्रेस बैठकमा विमलेन्द्र निधिको प्रस्ताव: ओली सरकार छाड्ने, सर्वदलीय सरकार बनाउने

नेपालखबर
भदौ २३, २०८२ सोमबार २१:१६, काठमाडौँ

 सोमबार साँझ सत्तासाझेदार नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी समितिको बैठक बस्यो। बैठक जेन जीको आन्दोलन हिंसात्मक भएको विषयमा छलफल भएको थियो।

योसँगै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबाट सरकार पछि हट्नुपर्ने निष्कर्ष पनि बैठकले निकाल्यो। त्यस्तै बैठकबाटै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर सामाजिक सञ्जाल खोल्ने निर्णय तत्काल गर्न आग्रह गरेका थिए।  

बैठकमा नेताहरूले विभिन्न विषयमा धारणा राखेका थिए। बैठकमा नेता विमलेन्द्र निधिले सरकारबाट बाहिरिने प्रस्ताव गरेका थिए। 

'वर्तमान सरकारबाट तत्कालै अलग हुने र राष्ट्रिय तथा सर्वदलीय सरकार गठन गर्न नेपाली कांग्रेसले अग्रसता लिनुपर्छ,' बैठकमा निधिले भनेको उदृत गर्दै एक पदाधिकारीले भने।

जवाफमा सभापति देउवाले सात बुँदे सहमतिले समस्या पार्ने कुरा राखेका थिए। देउवाले भनेका थिए, 'सात बुँदे सहमति गरेको छ। अहिले के भनेर सरकारबाट निस्किने त?'

निधिले थप भनेका थिए, 'सात बुँदे सहमति भएको ‍परिस्थिति अर्कै थियो। त्यसको अस्तित्व सकियो। अब सात बुँदेकै कुरालाई टेकेर सर्वदलीय सहमतिको सरकार बनाएर जाउँ।'

आजको बैठकले गृहमन्त्रीलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो। लगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा उनले राजीनामा बुझाइसकेका छन्। 

कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बिहान ९ बजे बस्दैछ। थप समसायिक विषयमा उक्त बैठकमा छलफल हुने बताइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad