राजनीति


स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि दिए राजीनामा

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि दिए राजीनामा

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १३:३४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि पदबाट राजीनामा दिएका छन्। 

पौडेलको सचिवालयका अनुसार उनले केही बेरअघि मन्त्री पदबाट राजीनामा दिएका हुन्। 

सचिवालयले भनेको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलज्यूले 
स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिनुभएको जानकारी गराउँदछौँ।’

यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुदमन्त्री तेजुलाल चौधरीले राजीनामा दिएका थिए। 

जेनजी आन्दोलनमा सोमबार सरकारको बर्बर दमनबाट १९ युवाको ज्यान गएपछि उनीहरूले राजीनामा दिएका हुन्। 

यसअघि घटना भएकै दिन सोमबार साँझ गृहमन्त्री रमेश लेखकले पनि राजीनामा दिइसकेका छन्। 

अहिलेसम्म राजीनामा दिएका सबै मन्त्री कांग्रेसतर्फका हुन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad