अभिनेता संजोग कोइरालाले प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकबाट उनले रिस जायज भए पनि अघिल्लो पुस्ताभन्दा फरक छौँ भनेर प्रमाणीत गर्न पनि संयमित हुन भनेका हुन्।
यस्तो छ उनको भनाइ
तपाईंहरूको रिस जायज छ। हामी कसैको रिस अझै मरेको छैन। हो, उनीहरूले हामीलाई अन्याय गर्दा दयामाया देखाएनन्। तर उनीहरू र हामीमा फरक छ। अहिले कसैलाई कुटपिट गर्नु, हाम्रै देशभित्रका भवनमा आगलागी गर्नु, हामीले आफ्नै खुट्टामा बन्चरो हान्नु हुन्छ । यो रिसलाई अब देश बनाउने हुटहुटीमा बदल्नुपर्छ। हामी अघिल्लो पुस्ताभन्दा फरक छौं भनेर प्रमाणीत गर्ने, योभन्दा सही समय अरू हुँदैन। बिन्ती संयमित भईदिनू। सिङ्गै पुस्ताको इज्जत दाउमा छ। बिन्ती।

Shares

प्रतिक्रिया