राजनीति


निर्वाचनको तयारीमा जुट्यो सरकार

निर्वाचनको तयारीमा जुट्यो सरकार

नेपालखबर
असोज ७, २०८२ मंगलबार १७:५६, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने तयारीमा जुटेको छ। 

यसकै तयारीका आज प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ।  

छलफलमा प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने बताइन्। 

त्यस्तै उनले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने पनि जानकारी गराइन्। 

उनले निर्वाचनका लागि आवश्यक तयारी कार्य तत्काल अघि बढाउन पनि निर्देशन दिइन्।  

सो छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटिकालगायतका निर्वाचन सामग्रीहरू तयारी रहेको र अपुग हुने अन्य सामग्री समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिँदै खरिदन गरिने जानकारी गराए।  

निर्वाचनका लागि राजनीतिक दललगायत सरोकारवालाहरूसँग समन्वय गरिने जानकारी गराउँदै उनले सरकारका तर्फबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरे।  

अनुरोध गर्दै निर्वाचनमा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्चार जगत लगायत सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

आजको छलफलमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, गृह मन्त्री ओम प्रकाश अर्याल,  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याललगायत सहभागी थिए। 

त्यस्तै सम्बन्धित अधिकारीहरू र आयोगको तर्फबाट निर्वाचन आयुक्तद्वय डा जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा तथा आयोगका सचिव माहादेव पन्थलगायतको पनि उपस्थिति रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad