नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने बताएका छन्। चुनावका लागि सरकारले वातावरण बनाउनुपर्ने बताउँदै उपसभापति खड्काले लोकतान्त्रिक दल चुनावबाट भाग्नै नसक्ने बताएका हुन्।
‘चुनावको वातावरण सरकारले कस्तो बनाउँछ? कसरी हुने हो? के हुने हो?,' जेनजी आन्दोलनले ध्वस्त सुर्खेत पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने।
सरकारले अध्यादेशमार्फत ऐन कानुन संशोधन प्रक्रियाअघि बढाउँदै गरेको र त्यसलाई पार्टीले नियाली रहेको पनि उनको भनाइ छ।
150
Shares

प्रतिक्रिया