राजनीति


सरकारले निर्वाचन गराउने जोश र जाँगर देखाएको छैनः मीन विश्वकर्मा

सरकारले निर्वाचन गराउने जोश र जाँगर देखाएको छैनः मीन विश्वकर्मा

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १६:१२, काठमाडौँ

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले निर्वाचन गराउने जोश र जाँगर देखाउन नसकेको टिप्पणी गरेका छन्।

निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

निर्वाचन आयोग र राष्ट्रपतिबाट दलहरूलाई बोलाएर गरिएको परामर्शमा मुख्य दलहरूले निर्वाचनमा भाग लिने प्रतिवद्धता जनाए पनि सरकारले शान्ति, सुरक्षा र निष्पक्ष वातावरण निर्माणमा आवश्यक चासो नदेखाएको उनको आरोप छ।

उनले मुख्य दलहरू निर्वाचनमा भाग लिन तयार भएपनि विद्यमान राजनीतिक र कानूनी विषयहरू किनारा लाग्नुपर्ने बताए। उनले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको निर्णय कुरेर मात्र निर्वाचनमा सहभागि हुने संकेत गरे। संविधानलाई मूल बाटोमा ल्याउने एकमात्र उपाय निर्वाचन भएको पनि उनको भनाइ छ।

उनले भने, ‘सरकार एकातिर निर्वाचन गर्नको लागि गठन भएको छ। तर सरकार निर्वाचन गर्ने कुनैपनि जोश, जाँगर र चाल देखाइरहेको छैन।’

उनले निर्वाचन आयोग र राष्ट्रपति रामचन्द्र पौडेलले दलहरूलाई बोलाएर निर्वाचनबारे छलफल गरेको बताए। 

उनले मुख्य दलहरूले निर्वाचनमा हामी भाग लिने एउटै धारणा रहेको उल्लेख गर्दै तर निर्वाचनमा भाग लिने भनेको प्राविधिक विषय नभई यो राजनीतिक र कानूनी विषय हो भने

उनले भने, ‘एउटातिर कानुनी विषय अदालतमा छ। अहिले साथिहरूले सरकार गठन र प्रतिनिभि सभा विघटन असंवैधानिक भयो भनेर रिट हाल्नु भएको छ। त्यसबारे सर्वोच्च अदालतले दिने विषयमा पनि हामी प्रतिक्षा गर्छौं। बाटो बिराएको संविधानलाई बाटोमा फर्काउने उपाय निर्वाचन नै हो भनेर नेपाली कांग्रेसले भनिसकेको छ। त्यसकारण हामी निर्वाचन भाग लिन्छौँ। तर निर्वाचनमा भाग लिनको लागि सरकारले गर्नुपर्ने शान्तीसुरक्षा, भयरहित वातावरण निर्माण र निष्पक्षता कायम गर्नको लागि अहिले जे भइराखेको छ र सरकारको जे चाल छ त्यो ठिकठाक छैन ।’

निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गर्नुपर्ने शान्ती सुरक्षा, भयरहित वातावरण निर्माण र निष्पक्षता कायम गर्नको ठोस काम गर्न नसकिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad