नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।
एमालेले शनिबार आयोजना गरेको चियापान कार्यक्रम भाग लिन ओली च्यासल गएका हुन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। आन्दोलनका बेला कार्यालयमा आगजनी र तोडफोड भएको थियो।
त्यसयता ठूला कार्यक्रम खासै आयोजना नगरेको एमालेले आज ओलीको उपस्थितिमै कार्यक्रम गरेको हो।
129
Shares

प्रतिक्रिया