आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सत्तामा उदय नै अदृश्य तवरले भएको आरोप लगाउँदै उनले यो सरकारले देशलाई सही दिशा दिन नसक्ने बताएका हुन्।
पूरानै संविधान र पूरानै व्यवस्था राखेर अघि बढ्दा गन्तव्य पनि पूरानै नेपाल हुने उल्लेख गर्दै साहले अबको निकास भनेको नै ‘सरकार बदलावसँगै व्यवस्थाको पनि बदलाव हो। अन्तरिम सरकार र अन्तरिम संविधान’ भएको बताए।
उनीहरूको नेतृत्वमा देशले निकास नपाउने उनको टिप्पणी छ।
Shares

प्रतिक्रिया