जेनजीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेनजी सम्मेलन गर्न माग गरेको छ। जेनजीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतिघरमा धर्ना दिने क्रममा उनीहरूले सबै जिल्लामा जेनजी सम्मेलन र काठमाडौँमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरे।
उनीहरुले आफूहरु एकजुट हुँदै एकता र समर्पण खोजिरहेको समेत बताए। यो समयमा कुनै पनि गुटबन्दी र विभाजन आफूहरुलाई सह्य नभएको बताउँदै उनीहरुले सबै जिल्लामा जेनजी सम्मेलन आयोजना गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
'सबै जिल्लामा जेनजी सम्मेलन गरी काठमाडौँमा केन्द्रीय जेनजी सम्मेलन आयोजना गर्नुपर्छ, जहाँ सम्पूर्ण देशबाट जेनजीको प्रतिनिधित्व हुनेछ', जेनजी प्रतिनिधि सदीक्षा राईले भनिन्, 'सम्मेलनमार्फत प्रदेशगत प्रतिनिधि छनोट गरिनेछ ।'
उनले वर्तमान सरकार केबल नेताहरूको नभई जनता र सहिदको सपना बोकेको सरकार भएको पनि बताइन्। 'यो सरकार सहिदहरूको बलिदानबाट जन्मिएको हो, सरकारले नयाँ पुस्ताको आशा, ऊर्जा र भविष्यको जिम्मेवारी रक्षा गर्नुपर्छ' उनले भनिन्।
Shares

प्रतिक्रिया