चुनावको वातावरण बनाउने उद्देश्यले प्रधानमन्त्रीको समन्वयमा आज पहिलो पटक बालुवाटारमा त्रिपक्षीय वार्ता हुँदैछ।
बुधबार दिउँसो ४ बजे बालुुवाटारमा आयोजना हुने बैठकमा सरकार, जेनजी प्रतिनिधि र राजनीतिक दलबीच छलफल हुन लागेको हो।
आजको वार्तामा जेनजी प्रतिनिधि १४ र राजनीतिक दलबाट १६ जनाको सहभागिता हुने छ। त्यस्तै सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुने छन्।
यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरुबीच निर्वाचनको विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय छलफलमा अनुकूल वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न सबैपक्ष सकारात्मक देखिएका थिए।
633
Shares

प्रतिक्रिया