राजनीति


राष्ट्रिय सभा निर्वाचनमा भाग लिन कांग्रेस, एमालेसहित १३ दलको निवेदन

राष्ट्रिय सभा निर्वाचनमा भाग लिन कांग्रेस, एमालेसहित १३ दलको निवेदन

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १८:३४, काठमाडौँ

राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन्। आयोगका राजनीतिक महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार निवेदन दिनका लागि तोकिएको अन्तिम दिन आइतबार साँझसम्ममा १३ वटा निवेदन आएको हो 

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी नेपाललगायतले दर्ताको निवेदन दिएका हुन्। माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ।

त्यसैगरी, प्रतिनिधिसभाका लागि ५६ वटा निवेदन आयोगमा दर्ता भएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad