रुपन्देही पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रतिनिधिसँग भेट गरेका छन्। भेटमा जेनजी युवाहरूले अर्याललाई ज्ञापनपत्रसमेत बुझाएका छन्।
ज्ञापन पत्र बुझ्दै अर्यालले कानुनी राज्यको सबैले पालना गर्दै राज्यलाई सहयोग गर्नुपर्ने बताए। सुरक्षा निकालेले गरेको गरिरहेको निष्पक्ष छानबिनमा सबैको सहयोग आवश्यक भएको पनि उनको भनाइ छ।
भेटमा जेनजी युवाहरूलाई भदौ २३ गते र २४ गतेको घटना फरक कोणबाट सरकारले हेरिरहेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी सुरक्षा प्रशासनले काम गरिरहेको अर्यालले जानकारी गराए।
जेनजीहरूले आफ्ना साथीहरू अझै कोही घरबाहिर निस्केर हिँड्न नसकेको जानकारी गराए। उनीहरूले सहज वातावरणका लागि आग्रह पनि गरे। जेनजी रुपन्देहीको तर्फबाट सुरज पोखरेल, रवि श्रेष्ठ र राजु श्रेष्ठले मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका थिए।
Shares

प्रतिक्रिया