राजनीति


उज्यालो पार्टी जेनजी आन्दोलनका घाइतेले खोलेको ‘राष्ट्रिय परिवर्तन पार्टी’सँग मिल्ने तयारीमा

उज्यालो पार्टी जेनजी आन्दोलनका घाइतेले खोलेको ‘राष्ट्रिय परिवर्तन पार्टी’सँग मिल्ने तयारीमा

नेपालखबर
पुस २७, २०८२ आइतबार २०:५३, काठमाडौँ

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालले पार्टी जेनजी आन्दोलनका घाइतेले खोलेको ‘राष्ट्रिय परिवर्तन पार्टी’सँग मिल्ने तयारी गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग्गिएका कुलमानले ‘राष्ट्रिय परिवर्तन पार्टी’सँग मिलेर चुनाव लड्ने तयारी गरेका हुन्।

उज्यालो नेपालले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन पाएको थिएन। 

अब प्रत्यक्षतर्फ आफ्नै चिह्न र समानुपातिक निर्वाचनमा राष्ट्रिय परिवर्तन पार्टीको ‘बाँसुरी’ चिह्नबाट उम्मेदवार बनाउने तयारीमा उज्यालो नेपाल छ।

म‌ंसिर १ गते जेनजी आन्दोलनको क्रममा एउटा खुट्टा गुमाएका राजेश पोर्तेलको अध्यक्षतामा राष्ट्रिय परिवर्तन पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो। यो पार्टीले मंसिर २८ गते झापामा बृहत कार्यक्रम आयोजना गरेर पार्टीकौ औपचारिक घोषणा गरेको थियो।

सोही पार्टीसँग मिलेर जाने र समानुपातिक नाम पठाउने लगभग सहमति भएको एक नेताले बताए।

‘बाँसुरी चुनाव चिह्न भएको राष्ट्रिय परिवर्तन पार्टीसँग मिलेर फागुन २१ गतेको चुनावमा जाने विषयमा छलफल भएको छ,’ उनेपाका एक नेताले नेपालखबरसँग भने, ‘आज पार्टी कार्यालय त्रिपुरेश्वरमा हामीले छलफल गर्‍यौँ, सहमति उन्मुख छ।’

यद्यपि, मिल्न सम्भव भएका अन्य पार्टीसँग पनि छलफल भइरहेको ती नेताले बताए। 

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार उनेपासँगको एकता अन्त्य भएको घोषणा गरेपछि शनिबार नै कुलमान घिसिङलाई अध्यक्ष चयन गर्दै प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad