राजनीति


हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

सोलुखुम्बुमा निर्वाचन तयारीबारे जानकारी लिँदै प्रधानमन्त्री सुशीला कार्की।


नेपालखबर
माघ २९, २०८२ बिहिबार १३:२१, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै मतदान हुने बताएकी छन्। 

बिहीबार हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बु पुगेकी छन्। सोलुखुम्बुको नाम्चे र सल्लरीमा उनले सरोकारवालासँग छलफल गरेकी छन्। 

सोलुखुम्बु प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीबारे ब्रिफिङ लिएकी छन्। सरोकारवालासँगको छलफलमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुने बताएकी हुन्। 

‘देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन। हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ,’ कार्कीले भनिन्। 

जिल्ला समन्वय समितिको कार्यालयमा सरोकारवालासँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले समयमै निर्वाचन हुने बताएकी छन्। उनले हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव गर्न सकिने बताइन्। 

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक मनोजित कुँवरलगायतले निर्वाचन तयारी र जिल्लाको अवस्थाबारे जानकारी दिएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad