राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सांसदहरुलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएका छन्।
आइतबार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्।
उनले रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिए।
उनले भने, ‘म त यताको हो नि, म त उताको होनि भनेको कारण मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ हामी यत्तिकै एउटा कार्यकालको लागि मिलौँ न त भने होइन यो देशमो इतिहास सम्झिएर, भविष्यको सपना बुनेर यो सहयात्रामा हिँडेका साथीहरू हौँ। हामी व्यक्तिगत कुरालाई माग मुद्दा बनाएर हिँडेका छैनौँ। त्यसकारण यो सब बन्द गर्नुपर्छ। यसको कुनै गुन्जायस नै छैन।’
उनले ७० वर्षअघि राजनीतिक रुपमा मिल्नुपर्ने व्यक्तिहरू नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी गरे। प्रधानमन्त्री साह र आफूबीच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उनको भनाइ छ।
उनले आफूहरूलाई फुटेको चाहना राख्ने सञ्चारमाध्यमहरूप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरू राजनीतिक रुपमा परिपक्व भएको बताए।
उनले आफूहरू नयाँ भएपनि बेवकुफ नभएको बताए।
फरक प्रसंगमा बोल्दै सुकुम्बासीहरूको व्यवस्थापनका लागि सरकार लागिपरेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने दाबी गरे।
Shares

प्रतिक्रिया