नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले १५औँ महाधिवेशनका लागि सबैलाई समेटेर समिति बनाउनुपर्ने बताएका छन्।
शनिबार पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसभित्रको समस्या समाधानका लागि सबैलाई समेटेर अघि बढ्नुपर्ने बताएका हुन्। ‘महाधिवेशन वा महत्त्वपूर्ण निर्णयहरू गर्दा सबै पक्षलाई समेटेर समिति गठन गर्नुपर्छ,’ कोइरालाले भने।
गुटबन्दी अन्त्य गरेर सबैलाई समेट्दा नै कांग्रेस बलियो हुने उनको भनाइ थियो। ‘सबैलाई समेटेर अघि बढ्ने नीति नै कांग्रेसलाई बलियो बनाउने बाटो हो,’ कोइरालाले भने, ‘नेतृत्वले ध्यान दिनुपर्छ।’
अहिलेको अवस्थामा कांग्रेस झन एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। संविधान र लोकतन्त्रमाथि संकट आउनसक्ने जिरिक गर्दै त्यसको रक्षाका लागि पनि कांग्रेस एकजुट हुनुपर्नेमा उनले जोड दिए।
‘हामीले लामो सङ्घर्ष र ठूलो त्यागबाट संविधान प्राप्त गरेका छौँ। यसको रक्षा गर्नु हाम्रो मूल कर्तव्य हो,’ कोइरालाले भने, ‘लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयन कांग्रेसको मुख्य एजेन्डा हुनुपर्छ।’
Shares

प्रतिक्रिया