राजनीति


नयाँ दिल्लीमा रवि र मोदी भेटवार्ता

नयाँ दिल्लीमा रवि र मोदी भेटवार्ता

नेपालखबर
जेठ २०, २०८३ बुधबार १४:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। 

भारतको भ्रमणमा रहेका लामिछानेले बुधबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्।  भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेश मन्त्री डा. एस जयशंकर र भारतीय विदेश सचिव विक्रम मिस्री समेत उपस्थिति रहेका थिए। 

लामिछानेसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले खुशी लागेको जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत मिलेर काम गर्ने लामिछानेको चाहनामा सहमति रहेको बताएका छन्। 

मोदीले लेखेका छन्, ‘एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु।’

दुई देशबीचको विशिष्ठ एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीले उल्लेख गरेका छन्। ‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ,’ मोदीले भनेका छन्। 

यसअघि लामिछानेले मंगलबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीन, विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसहितका नेतासँग भेटवार्ता गरेका थिए। 

उनी जेठ १८ गते भारत भ्रमणमा गएका थिए। उनी जेठ २२ गते नेपाल फर्किने कार्यतालिका छ। 

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad