राजनीति


डा. केसी निस्वार्थी सत्याग्रही हुनुहुन्छ, उहाँको जीवनरक्षामा ध्यान दिऔँ : श्रेष्ठ

डा. केसी निस्वार्थी सत्याग्रही हुनुहुन्छ, उहाँको जीवनरक्षामा ध्यान दिऔँ : श्रेष्ठ

नेपालखबर
असोज २२, २०७७ बिहिबार ७:२२,

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नाराणकाजी श्रेष्ठले डा. गोविन्द केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको बताएका छन्। यो सबै नेपालीका लासिग खुसीको कुरा भएको उनको भनाइ छ।

बिहीबार सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत प्रवक्ता श्रेष्ठले डा. केसी निस्वार्थी सत्याग्रही भएको कुरामा कुनै शंका नरहेको बताएका छन्। उनले डा. केसीसँग कयौँ विषयमा असहमति हुन सक्ने भन्दै अहिले भने उनको जीवनरक्षा प्रमुख कुरा भएको बताएका छन्।

डा. केसीको १९ औँ आमरण अनससन २५ दिन पुगेको र उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि प्रवक्ता श्रेष्ठले उनको जीवन रक्षाका लागि ध्यानदिन सरकार, अनशनरत डा. केसी र आम सर्वसाधारणमा आग्रह समेत गरेका छन्।

‘डा. गोविन्द केसी १९ औं अनशनको २५औं दिनमा हुनुहुन्छ। डा. केसीसँग कयौँ विषयमा असहमति हुन सक्ला र छन् पनि। सबै मिलेर कोरोनाको बिरुध्द जुझ्नु पर्ने बेलामा यसपटक अनशनको समयका बारेमा सोच्नु पर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ। तर, के कुरामा शंका छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ’, प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएका छन् र त्यो सबै नेपालीका लागि खुसीको कुरा हो। उहाँको जीवन महत्वपूर्ण छ र यतिबेला सरकार, उहाँ स्वयं र हामी सबैले उहाँको जीवन रक्षामा ध्यान दिनु पर्दछ।’

प्रवक्ता श्रेष्ठले सरकारले बुधबार डा. केसीसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको बताएका छन्। उनले वार्ता छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने र समस्याको समधान समेत हुने विश्वास व्यक्त गरेका छन्।

 ‘सरकारले हिजो डा. केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ। आशा गरौं, छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ। समाधान हुनेछ’, प्रवक्ता श्रेष्ठले लेखेका छन्।

सरकार र डा. केसीका प्रतिनिधिबीच बिहीबार बिहान १०.३० बजेबाट शिक्षा मन्त्रालयमा छलफल भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad