राजनीति


प्रधानमन्त्रीको कदमबारे छलफल गर्न नेता नेपाल प्रचण्डनिवासमा

प्रधानमन्त्रीको कदमबारे छलफल गर्न नेता नेपाल प्रचण्डनिवासमा

नेपालखबर
पुस ५, २०७७ आइतबार ६:३८,

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल छलफलका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न आइतबार मध्यान्ह नेता नेपाल प्रचण्ड निवास खुमलटार पुगेको स्रोतले बतायो।

‘अध्यक्ष प्रचण्ड बालुवाटारबाट फर्किएपछि प्रधानमन्त्रीको कदमबारे थप छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार जानुभएको छ’, स्रोतले नेपालखबरसँग भन्यो, ‘अहिले दुई नेताबीच छलफल जारी छ।’

 मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेलगत्तै कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। उनी बालुवाटारबाट निवास फर्किएपछि आन्तरिक छलफलमा जुटेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad