राजनीति


राष्ट्रिय सभाको बैठक १७ पुसमा

राष्ट्रिय सभाको बैठक १७ पुसमा

नेपालखबर
पुस १२, २०७७ आइतबार ०:२७,

१७ पुसमा राष्ट्रिय सभाको बैठक बोलाउन मन्त्रीपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रीपरिषद् बैठकबाट राष्ट्रिय सभा बोलाउन सिफारिस गर्ने निणर्य भएको एक मन्त्रीले जानकारी दिए।

पुस १७ भित्रमा संसद बोलाउनै पर्ने संवैधानिक बाध्यता भए पनि एक साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि धेरैको ध्यान राष्ट्रिय सभाको अधिवेशन र त्यसले गर्ने काममा केन्द्रीत भएको छ।

संघीय संसद्का दुई सदनमध्ये प्रतिनिधिसभा विघटन भए पनि सरकारले अधिवेशन सञ्चालन गर्दा राष्ट्रिय सभाले आफ्नो नियमित कामकारबाही अघि बढाउन सक्ने संवैधानिक व्यवस्था छ।

कानुन निर्माण प्रक्रियालाई टुंगोमा पुर्‍याउनेबाहेक अरू सबै काम यो सदनले विगतझैँ नियमित अघि बढाउन सक्ने संसद् सचिवालय बताउँछ।

सदनमा विधेयक आउने, समितिमा विधेयकमाथि छलफल गर्ने काम निरन्तर हुन्छ । कानुन निर्माणका लागि विधेयक दुवै सदनले पास गर्नुपर्ने भए पनि आफ्नो सदनमा रहेका विधेयकहरूमाथि राष्ट्रिय सभाले काम टुंग्याउन सक्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad