राजनीति


अमेरिकी सभामुख पेलोसीको ल्यापटप चोरेर रुसलाई बेच्न खोजिएपछि!

अमेरिकी सभामुख पेलोसीको ल्यापटप चोरेर रुसलाई बेच्न खोजिएपछि!

नेपालखबर
माघ ६, २०७७ मंगलबार ७:५२,

अमेरिकी संचारमाध्यम पोलिटिकोका अनुसार गत जनवरी ६ मा ट्रम्पका समर्थकले संसद भवनमा तोडफोड मच्चाउने क्रममा सभामुख पेलोसीको ल्यापटप चोरी भएको थियो।

पेन्सिल्भेनियाकी महिला रिले जुन विलियम्समाथि ल्यापटप–हार्डड्राइभ चोरीको आरोप लागेको हो।

विलियम्सले पेलोसीको अमेरिकी दस्तावेजसहितको ल्यापटप अथवा हार्डड्राइभ रुसलाई मोटो रकममा बेच्ने योजना बनाएको समाचारमा जनाइएको छ।

हाल अमेरिकाको संघीय अनुसन्धान एजेन्सी एफबीआइले यस विषयमा अनुसन्धन गरिरहेको बताइएको छ। हालसम्म उनलाई प्रहरीले हिरासतमा लिएको छैन।

उनी फरार भएको आशंका गरिएको छ। पोलिटिकोका अनुसार विलियम्स आफ्नी आमासँग विदा मागेर केहीहप्ता बाहिरै बस्ने भनेर घरबाट हिँडेकी छिन्। एससीएमपी

Photos: Trump supporters storm US Capitol in protest of election  certification - Vox

Delighting in causing complete chaos': what's behind Trump supporters'  brazen storming of the Capitol
अमेरिकी संसदलाई यसरी नियन्त्रणमा लिएका थिए ट्रम्प समर्थकले

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad