राजनीति


सिके राउतविरुद्व अदालतद्वारा पक्राउ पुर्जी जारी

सिके राउतविरुद्व अदालतद्वारा पक्राउ पुर्जी जारी

नेपालखबर
चैत १६, २०७७ सोमबार ४:२१,

रकारसँगको सहमतिपछि एक वर्षअघि नै शान्तिपूर्ण राजनीतिमा आएका सिके राउतविरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको छ।

आज (सोमबार) को गोरखापत्रमा सूचना प्रकाशित गर्दै अदालतले राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराधमामा पक्राउ पुर्जी जारी गरको हो।

राउतको घर पत्ता नलागेको भन्दै अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ। सोमबार प्रकाशित गोरखापत्रको १३ नम्बर पेजमा यो सूचना प्रकाशित छ।

राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्तो सूचना जारी गरेको हो।

सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएको थियो।

छुटै मधेसको माग गर्दै हिंसात्मक गतिविधि गरेर पृथकतावादी पहिचान बनाएका सिके राउतसँग सरकारले गत वर्ष चैत २४ गते ११ बुँदे सहमति गरेको थियो। उक्त सहमतिसँगै राउत शान्तिपूर्ण राजनीतिमा सक्रिय छन्।

यस्तो छ गोरखापत्रमा प्रकाशित सूचना :

raut 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad