नेपाली कांग्रेसका नेता प्रदीप गिरीले सोमबार संसदमा सम्बोधन गर्दै ‘राष्ट्रिय सहमतिको सरकार’ आवश्यक भएको तर्क गरेपछि नेकपा एमालेका नेता विष्णु रिजालले टिप्पणी गरेका छन्।
सांसद गिरीले ‘संविधान बचाउन’ संविधानमै नभएको ‘राष्ट्रिय सहमतिको सरकार’को माग गरेको भन्दै त्यसले उल्टो संविधान समाप्त हुने नेता रिजालको तर्क छ।
नेता रिजालले सोमबार राति समाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘आज विद्वान् सांसद प्रदीप गिरीले ‘संविधान बचाउन’ संविधानमै नभएको ‘राष्ट्रिय सहमतिको सरकार’को माग गर्नुभएछ। संविधानमै नभएको सरकार बनाउँदा संविधान बाँच्छ कि समाप्त हुन्छ?’
अगाडि उनले टिप्पणी गरेका छन्, ‘उहाँको आजको मन्तव्य सुन्दा २०७२ असोज ३ मा संविधान जारी गर्दा उहाँमा देखिएको अपूर्व छटपटी झल्झली सम्झना भइरहेको छ।’

प्रतिक्रिया