ओली पक्षद्वारा नेकपा एमालेबाट निष्कासित नेत्री रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले समानान्तर सत्ताको अभ्यास सुरु गरेकी हुन् कि भनेर आशंका गरेकी छन्।
प्रधानमन्त्रीलाई नाघेर खोप सहयोगका लागि मित्र राष्ट्रका प्रमुखलाई आफैंले धमाधम पत्राचार गर्न थालेपछि नेत्री झाँक्रीले उनीप्रति राजनीतिक शंका व्यक्त गरेकी हुन्।
‘राष्ट्रपति संस्था संविधानको संरक्षक र कानुनको परिपालक हो। उसका सम्पूर्ण कामलाई संविधानले सीमित गरेको छ,’ विघटित संसदकी सांसदसमेत रहेकी झाँक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘लोकरिझ्याइँका लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होइन, त्यो काम त कार्यकारीको हो। यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइन? कि धुमिल भएको छवि बचाउने प्रपञ्च?’
3
Shares
प्रतिक्रिया