ad ad

राजनीति


रास्वपाको मकवानपुर सभापति ६ महिनामै फेरियो

चुनावमा अन्तर्घातको आरोप
रास्वपाको मकवानपुर सभापति ६ महिनामै फेरियो

निवर्तमान सभापति राजकुमार न्यौपाने (बायाँ) र नयाँ सभापति भरत पराजुली (सेतो खादा)।


सुनिता विष्ट
फागुन ८, २०७९ सोमबार १३:२३, हेटौँडा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मकवानपुर सभापति ६ महिनामै परिवर्तन गरिएको छ। राजकुमार न्यौपानेको ठाउँमा भरत पराजुलीलाई रास्वपाको मकवानपुर जिल्ला सभापति बनाइएको हो। 

न्यौपाने गत साउन २८ गते मात्र पार्टी सभापति भएका थिए। ६ महिना मात्रै सभापति पद सम्हाल्न पाएका न्यौपानेले गत मंसिर ४ को आम निर्वाचनमा कांग्रेससँग मिलेमतो गरेर आफ्ना पार्टीको उम्मेदवार हराउन लागेको आरोप लागेको थियो। त्यसपछि पार्टीको कार्यसमिति सदस्यसहित जिल्लाका अन्य पदाधिकारीले न्यौपानेको राजीनामा माग गर्दै केन्द्रीय सभापति रवि लामिछानेसमक्ष हस्ताक्षर बुझाएका थिए।   

सोही क्रममा आइतबार हेटौंडामा भएको एक कार्यक्रमका बीच न्यौपानेको स्थानमा पराजुलीलाई रास्वपा मकवानपुर जिल्ला सभापति बनाइएको हो। 

रास्वपा मकवानपुरका एक कार्यकर्ताले न्यौपानेले पार्टी हितविपरीत काम गरेका कारण विवाद उत्पन्न भएको बताए। ‘रास्वपाका जिल्ला सदस्यहरूले न्यौपानेलाई सभापति नमान्ने भएपछि हामीले हेरफेर गर्न केन्द्रीय तहमै सुझाएका थियौं। त्यसैले पराजुलीलाई सभापति चयन गरेका हौं’, उनले भने।

यता निर्वतमान सभापति न्यौपाने भने पार्टीभित्रको अन्तरद्वन्द्वका कारण आफूले पदबाट राजीनामा दिएको बताउँछन्। 

‘पार्टीको कारण पनि हो, मेरो आफ्नै व्यक्तिगत कामका कारण पनि राजीनामा दिएको हुँ’, उनले भने, ‘मैले सभापति पद त्यागेको हो, सदस्यता त्यागेको छैन। मेरै प्रस्तावमा भरतजीलाई सभापति बनाइएको हो।’

आगामी दिनमा पार्टीमा सक्रिय भूमिका रहन्छ कि रहँदैन?

नेपालखबरको प्रश्नमा न्यौपानेले यस विषयमा अहिले नै बोल्ने अवस्था नरहेको बताए। ‘पार्टीमा रहने/नरहने पछिका कुरा हुन्। अहिले पार्टीकै सदस्यतामा छु। तर सक्रिय भूमिकामा रहन्छु भन्ने निर्क्योल गर्नचाहिँ समय लाग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .