ad ad

राजनीति


दोलखामा कार्कीको अग्रता, शिवाकोटी ११ सय ९५ मतले पछि

दोलखामा कार्कीको अग्रता, शिवाकोटी ११ सय ९५ मतले पछि

नेपालखबर
मंसिर १९, २०७९ सोमबार ८:११, काठमाडौँ

दोलखा जिल्लाको मतगणना अन्तिम चरणमा पुग्दैगर्दा यहाँको मतपरिणाम पनि रोचक बन्दै गइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याकं अनुसार यहाँ एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच ११ सय ९५ मतको अन्तर छ। 

यसअघि एमालेका शिवाकोटी ३० मतले अघि बढेका थिए। यहाँ मतगणना सुरु भएदेखि नै उछिनापछिन भइरहेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ८१ हजार ९८ मत गणना भएको छ। एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३४ हजार ५ सय ९५ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३५ हजार ७ सय ९० मत प्राप्त गरेका छन्। 

यहाँ अहिलेसम्म ३ हजार ३ सय १३ मत बदर भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीका अुनसार अहिले शैलुङ गाउँपालिकाको वडा नम्बर १ र मेलुङ गाउँपालिका २ को मतगणना जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .