ad ad

राजनीति


कंगना उम्मेदवार बनेपछि पूर्वमुख्यमन्त्री ठाकुर: बोल्ड छिन्, हिन्दुवादप्रति स्पष्ट छिन्

कंगना उम्मेदवार बनेपछि पूर्वमुख्यमन्त्री ठाकुर: बोल्ड छिन्, हिन्दुवादप्रति स्पष्ट छिन्

नेपालखबर
चैत १२, २०८० सोमबार २०:४, काठमाडौँ

बलिउड अभिनेत्री कंगना रनौतलाई हिमाचल प्रदेशको मन्डीबाट भारतीय जनता पार्टी (भाजपा) ले लोकसभा चुनावको उम्मेदवार बनाएकामा राज्यका नेताहरूले स्वागत गरिरहेका छन्।

पूर्वमुख्यमन्त्री तथा विधान सभामा प्रतिपक्षी दलका नेता जयराम ठाकुरले कंगना रनौतको हिन्दुत्व छविका सम्बन्धमा उनको अडान सधैँ स्पष्ट रहेको बताएका छन्।

होलीको अवसरमा पत्रकारहरूसँग कुरा गर्दै ठाकुरले भने, ‘कंगना रनौत राजनीतिमा नयाँ हुन सक्छिन् तर उनले जुन क्षेत्रमा काम गरेकी छन्, उनले हिमाचललाई गौरव दिलाएकी छिन् र सिंगो देशमा उनी एउटा नाम हो।’ 

ठाकुरले थपे, ‘उनको बोल्ड छवि छ, विशेष गरी हिन्दुत्व छविका लागि, उनको व्यवहार र कुराकानीमा स्पष्टता छ। भलै उनी राजनीतिमा छैनन्, तर हामी आशा गर्छौं– उनले राजनीतिमा सबै कुरा राम्रोसँग सम्हाल्नेछिन्।’

पूर्व मुख्यमन्त्री ठाकुरले कंगनातले ठूलो मतान्तरले जित्ने विश्वास पनि व्यक्त गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .