राजनीति


माओवादी प्रदेश १ सरकारमा जाने, प्रचण्डका ज्वाइँसहित दुईजना मन्त्री हुँदै

माओवादी प्रदेश १ सरकारमा जाने, प्रचण्डका ज्वाइँसहित दुईजना मन्त्री हुँदै

मन्त्री हुन लागेका माओवादी प्रदेशसभा सदस्यहरु जीवन आचार्य र दुर्गा चापागाईं


नेपालखबर
पुस २८, २०७९ बिहिबार ११:५६, विराटनगर

प्रदेश १ सरकारको मन्त्रिमण्डल विस्तार हुने भएको छ। नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने भएपछि सरकार विस्तार गर्ने लागिएको हो। 

माओवादी केन्द्रबाट जीवन आर्चाय र दुर्गा चापागाईंलाई मन्त्रिमण्डलमा पठाउने तयारी गरिएको छ। मन्त्री बन्न लागेका आर्चाय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन्।

त्यस्तै, एमालेबाट एकजना मन्त्रिमण्डलमा सहभागी हुने भएका छन्। एमालेबाट बुद्धिकुमार राज भण्डारी सहभागी हुने बताइएको छ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादीले आधा-आधा कार्यकाल आलोपालो सहमति नभएको भएको भन्दै सरकारमा जान मानेको थिएन। 

माओवादीमा पनि मन्त्री बन्न लागेका आचार्यका कारण विवाद भएको थियो। त्यहाँ अर्का प्रदेश सभा सदस्य गणेश उप्रेती पनि मन्त्री हुने दौडमा थिए।

आचार्यले पार्टी केन्द्र र अध्यक्ष प्रचण्डकोसमेत सहानुभूति लिन सफल भएपछि माओवादीमा लामो योगदान दिएका उप्रेतीलाई समस्या भएको थियो। 

अन्तत: उप्रेतीलाई पछि पार्दै आचार्य मन्त्री हुने पक्का भएको छ। पार्टीमा लामो योगदान नभए पनि आचार्य प्रचण्ड परिवारकै भएका कारण मन्त्री हुन लागेको भन्दै माओवादीमा चर्को विवाद भएको थियो। 

त्यहीकारण मुख्यमन्त्री कार्कीले गत सोमबार सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए।

त्यसबेला कार्कीले एमालेका तिलकुमार नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्ति प्रसाद सिटौला र जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूलाई मन्त्री बनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad