राजनीति


मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सीके राउतको प्रस्ताव

मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सीके राउतको प्रस्ताव

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार ११:५६, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न आह्वान गरेका छन्। 

मधेसमा नयाँ मुख्यमन्त्री नियुक्तिका विषयमा विवाद चलिरहेका बेला राउतले भने मधेस प्रदेशसभाको बैठकबाटै प्रदेशको स्वायत्तता घोषणा गर्न प्रस्ताव गरेका हुन्। 

‘मधेस प्रदेशसभाको बैठकबाट मधेस प्रदेशको स्वायत्तता घोषणा गराैँ  आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौँ। डराएर सदियौँ नेपाली शासकको गुलामी गर्‍यौँ, अब खुलेर बोलौँ’, उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्। 

यस्तो छ उनको पूरा वक्तव्य:

मधेस प्रदेशसभाको बैठकबाट मधेस प्रदेशको स्वायत्तता घोषणा गरौँ, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौँ। डराएर सदियौँ नेपाली शासकको गुलामी गर्‍यौँ, अब खुलेर बोलौँ। 

संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेसका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर शपथग्रहण गराउने, मधेस पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोध साँध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेस प्रदेशसभाको बैठक सडकमा नै डाकेर भए पनि मधेस प्रदेशलाई स्वायत्त घोषणा गरौँ। अहिलेको संघीय सरकार नै कुन संविधानअनुसार बनेको छ र? आन्दोलनको मागबमोजिम बनेको छ। त्यसैले हामीले पनि मधेसी जनताको चाहनाबमोजिम मधेस प्रदेशसभाको दुईतिहाइको सभासदको समर्थनमा मधेसलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ।

५४ प्रतिशत जनसंख्या भएको मधेस मुठ्ठीभर नेपाली शासकको जागिर होइन, उनीहरूले भिखजस्तो दिने, अनि हामीले लिइराख्ने। उनीहरूले चलखेल गरिराख्ने, हामीले टुलुटुलु हेरिराख्ने।

मधेस हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ। सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, अख्तियार, प्रहरी, सचिवसहितका कर्मचारी लगाएर ५४ प्रतिशत जनसंख्या भएको मधेसलाई एक हुन नदिने, छिन्नभिन्न गरिराख्ने, दमन गरिराख्ने र सधैँ गुलाम बनाइराख्ने षड्यन्त्रविरुद्ध पूर्ण स्वायत्तताको आन्दोलनको उद्घोष जरुरी छ। नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad