प्रविधि


एआई च्याटबोट ग्रोकबारे मस्कको यस्तो स्पष्टीकरण

एआई च्याटबोट ग्रोकबारे मस्कको यस्तो स्पष्टीकरण

नेपालखबर
असार २७, २०८२ शुक्रबार ५:५५, काठमाडौँ

अमेरिकी व्यवसायी इलोन मस्कले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीको च्याटबट 'ग्रोक'बारेको विवादमा स्पष्टीकरण दिएका छन्। 

सामाजिक सञ्जालमा ग्रोकका यस्ता जवाफका स्क्रिनसट देखापरेका छन्, जसले हिटलरको प्रशंसा गरिरहेको देखिन्छ।

यस विषयमा मस्कले च्याटबट ‘प्रयोगकर्ताहरूको निर्देशनहरू धेरै पालना गर्ने’ र सजिलै हेरफेर गर्न सकिने बताएका छन्। 

मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘ग्रोकले प्रयोगकर्ताहरूको अनुरोध पूर्ण रूपमा पालना गर्छ। यो धेरै छिटो हेरफेर हुन्छ। यसमा काम भइरहेको छ।’

सामाजिक सञ्जालमा सेयर गरिएका स्क्रिनसटले ग्रोक च्याटबटलाई हिटलर "गोरा विरोधी घृणा’ लाई जवाफ दिन सबैभन्दा उपयुक्त व्यक्ति भएको बताएको देखिन्छ। 

यो विवादपछि मस्कको एआई स्टार्ट-अप कम्पनी एक्सएआईले बुधबार त्यस्ता ‘अनुपयुक्त’ उत्तर हटाउन र प्रणाली सुधार गर्न काम गरिरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad